खुदुनावारी, १२ जेठ । अर्जुनधारा जेसिजको आयोजनामा एक दिने अर्ग्यानिक खेति तथा पशु स्वस्थ्य सचेतान कार्यक्रम सम्पन्न गरिएको छ ।
आईतवा अर्जुनधारा नगरपालीका वडा नं. ३ खुदुनावारी स्थित श्री जनता माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रम अर्जुनधारा नगरपालीकाकि कृषी प्राविधिक श्री मिना अधिकारी र अर्जुनधारा जेसीजका स्वस्थ्य संयोजक तथा पशु स्वस्थ्य प्राविधिक जेसी देवेन्द्र मैनालीले सहजिकरण गरेका थिए ।
अर्जुनधारा अर्जुनधारा नगरपालीका वडा नं. २ र ३ का ३० जना स्थानिय कृषकले उत्त कार्यक्रमा सहभागीता जनाएका थीए ।
उपाध्यक्ष जेसि विमला भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक , जेसिजका अध्यक्ष टि.आर गौतम तथा कार्यक्रम सहजकर्ता श्री मिना अधिकारी र जेसी देवेन्द्र मैनाली बोलेका थिए ।
जेसिजका अध्यक्ष टि.आर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक
भट्टराईले
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गरिन् ।
जेसिज आस्था वाचन महिला जेसी संयाेजक जेसी सुस्मा तिखत्रीले गरिन् भने कार्यक्रम सञ्चालन महासचिव भास्कर भट्टराईले गरेका थिए ।