सप्ताहको चौथो दिन " रक्तदान कार्यक्रम"

2023-05-09

आज मिति २०८० / १ / २० गते बुधबारका दिन शाखा अध्यक्ष जेसि नारायणी भण्डारी ज्युको अध्यक्षतामा, रक्त सन्चार सेवा केन्द्रका इन्चार्ज दिलिप न्यौपाने ज्युको प्रमुख आतिथ्यता मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने जेसिज आस्था लाइ मनन गर्दै सर्प्ताह अन्तर्गतको चौथो दिन 'रक्तदान कार्यक्रम' रक्तसञ्चार सेवा केन्द्र घोराही दाङमा सम्पन्न गरियो।
कार्यक्रम सम्योजक जेसि भिमा डि सी ज्युको स्वागत मन्तव्य रहेको कार्यक्रममा आस्था पाठ कोष वृद्धि सभापति  जेसी रेमन्ता पुनले गर्नु भएको  थियो भने व्यानर वाचन गरेर प्रमुख अतिथी ज्युले कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। सप्ताह अन्तर्गतको कार्यक्रमका बारेमा मुल सम्योजक जेसि वसन्ता भण्डारीले  जानकारी गराउँनु भएको थियो।
कार्यकारीणी उपाध्यक्ष जेसि दिलु मल्लले स्वागत मन्तव्य दिनुभएको थियो भने २० जना सहभागी रहेको कार्यक्रममा ७ जनाले रक्तदान गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सह - सचिव जेसि दिपा पुनले  गर्नु भएको थियो।

JCI News Archive