रत्ननगर जेसीजको भित्ते पात्रो विमोचन तथा निरुपित राष्ट्रिय उपाध्यक्षको शाखा भ्रमण सम्पन्न

2024-04-25

रत्ननगर जेसीजले प्रकाशन गरेको नया वर्ष २०८१ सालको भित्ते पात्रो विमोचन एवं रत्ननगर जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी स्वप्न पौडेल भण्डारीको औपचारिक शाखा भ्रमण २०८१ बैशाख ११ गते तदनुशार २३ अप्रिल २०२४ का दिन रत्ननगर जेसीजको सचिवालयमा सम्पन्न भएको छ।रत्ननगर जेसीज वर्ष २०२४का अध्यक्ष जेसी नरहरि  पुरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी स्वप्न पौडेल भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा रत्ननगर जेसीज बोर्ड अफ ट्रष्टीका संयोजक सुन्दरलाल श्रेष्ठ,वर्ष २०१९का अध्यक्ष सुवास पोख्रेलको आतिथ्यता रहेको थियो।कार्यक्रममा रत्ननगर जेसीजले प्रकाशन गरेको भित्ते पात्रो विमोचन गरिनुकासाथै शाखा भ्रमणको समारोह समेत सम्पन्न भएको थियो।

JCI News Archive