नेपालगन्ज जेसिज द्वारा सेयर बजार तालिम सप्पन्न

2020-10-17

नेपालगन्ज जेसीजले सेयर बजार सम्बन्धी तालिम आज नेपालगन्जमा अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रशिक्षक उदयराज अधिकारि तालिमको सहजीकरण गर्नुभएको थियो। सोे तालिमको कार्यक्रम जुनियर जेसि सुरज गुप्ता आस्था पाठ बाचन गरि सुरुवात भएको थियोे भने कार्यक्रम संचालन नेपालगन्ज जेसीजका सचिव माधव प्रसाद बेलबासेले गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा तालिमको अन्तमा प्रमुख अतिथी प्रशिक्षकबाट प्रमाणपत्र वितरण भएको थियो । जसमध्ये तालिममा सहभागीहरु मध्य उपाध्यक्ष आशिष् आनंद लगायत सहभागीहरुको तर्फबाट आफ्नो धारणा राखेका थिए । कार्यक्रम संयोजक रेशमलाल चापागाईंले सबै सहभागीलाई धन्यवाद दिएका थिए।


प्रशिक्षक तथा प्रमुख अतिथि अधिकारिज्यु बाट नेपालगन्ज जेसिजले गरेका कामको सराहनीय गर्नु भएको थियो भने आगामी दिन पनि यस्तो किसिमको तालीममा जोड दिनु पर्ने धारणा राख्नुभएको थियो। नेपालगन्ज जेसिजका सभापति अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका सहसंयोजक आदित्य गुप्ता, जेसिज सदस्य जुनियर जेसिज गरि २५ जनाले प्रशिक्षण लिएका थिए। अध्यक्ष श्रेष्ठले यस्तो किसिमको तालिममा आगामी दिनमा जोड दिने भन्दै मायाको चिनो र उपहार प्रशिक्षक प्रमुख अतिथि लाई प्रदान गर्दै कार्यक्रमको समापन गरेका थिए ।

JCI News Archive