राजविराज जेसीज वर्ष २०२४ को दाेस्राे सञ्चालक समितिको बैठक सम्पन्न

2024-03-30

वि.सं. २०८० चैत्र ३ गते तदनुसार १६ मार्च २०२४ शनिवारका दिन राजविराज जेसीजकाे सञ्चालक समितिको दोस्रो बैठक राजविराज जेसीजको सचिवालयमा सम्पन्न भएकाे छ ।


राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विप्लव आनन्दको अध्यक्षतामा सम्पन्न दोस्रो कार्यसमितिको बैठकबाट पहिलो सञ्चालक समितिको बैठक निर्णय अनुमोदन, होली मिलन कार्यक्रमको आयोजना, नेपाल जेसीजद्वारा मार्च महिनाको लागि दिइएको 100% Efficiency Program को प्रगति तथा सम्पन्न गर्नुपर्ने कार्य, वर्ष २०८१ को जेसिआई क्यालेन्डर मुद्रण गर्ने तथा सो को लागि विज्ञापन खोज्ने तथा अप्रिल महिनामा त्रैमासिक पत्रिका मुद्रण गर्ने तथा सो कार्यको लागि संयोजक तोक्ने जस्ता प्रस्तावहरूमाथि छलफल गरी निर्णय गरेर बैठक सफलतापूर्वक सम्पन्न गरियो ।


JCI News Archive