लेखनाथ जेसीज फुटसलको उपादी बैकर्स क्लवलाई

2022-11-14

विहिबार देखि सुरु भएको लेखनाथ जेसीज सप्ताहन्तको दोस्रो दिन विभिन्न संस्थाहरुका बिच राखिएको मैत्रिपुर्ण फुटसलको उपादी बैकर्स क्लव अफ लेखनाथले हात पारेको छ ।

युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमतामा अभिवृद्धि गराउने उदेश्यका साथ स्थापना भएको लेखनाथ जेसीजले संस्थागत रुपमा बन्धुत्वको भावना बढाउदै जाने योजना अनुरुप राखिएको फुटसल प्रतियोगितामा आयोजक लेखनाथ जेसीललाई ४-१ को अन्तरले विजयी भएको हो ।

यस अधि लेखनाथ उद्योग बाणिज्य संघ र बैकर्स क्लवका बिचको खेलमा बैकर्स विजयी भएको थियो भने लेखनाथ पत्रकार मञ्च र आयोजक लेखनाथ जेसीज बिचको खेलमा जेसीज विजय भई फाईनलमा प्रबेश गरेका थिए ।

लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले युवाहरुले आफ्नो क्षमता अभिबृद्धि गर्दै देश र समाज रुपान्त्रणका लागि नेतृत्व लिन सक्नु पर्ने सुझाव राखेका थिए ।

यसैबिच जेसीज सप्ताहन्तकोे मुख्य कार्यक्रम अन्तरगत कार्तिक २६ गते सनिवार आसन्न मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुदै कास्की निर्वाचन क्षेत्र नं.१ र प्रदेश सभा क्षेत्र नं.१ (१) का उम्मेदवारहरुसँग एउटै मञ्चमा प्रत्यक्ष सवाल जवाफको ”ककस” गर्ने लागिएको कार्यक्रम संयोजक अर्जुन ओझाले जानकारी दिएका छन् ।


JCI News Archive