वालिङ जेसीजद्वारा ११४ अैां अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा "नारी सम्मान" कार्यक्रम सम्पन्न

2024-03-09

११४ अैां अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वालिङ जेसीजद्वारा "नारी सम्मान" कार्यक्रम सम्पन्न 

 फाल्गुन २५, वालिङ ।


मानवताको सेवा, विधिको शासन र युवा शसक्तिकरणलाई आत्मसात् गर्दै समाज रूपान्तरणमा सदैव अग्रणी संस्था वालिङ जेसीजले फरक फरक विधामा महिला शसक्तिकरणकाे लागि  नेतृत्वदायी  भूमिकामा रहनुभएका  महिलाहरूलाई समेटेर वालिङमा कार्यक्रम गर्दै नारी सम्मान गरेको हाे। 

 लैंगिक समावेशीतालाई प्रेरित गराैं भन्ने मूल नारासहित गरिएको कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैर्हे, शिक्षा शाखा अधिकृत गीता पाठक, अग्रज महिला प्रेमकुमारी रेग्मी,वि.व्य.स अध्यक्ष  कल्पना अर्याल , मावि प्रअ सीता गाैडेल, बैंकका प्रबन्धकहरू सुनिता कार्की केसी, लिला गुरूङ, शिखा गुरूङ, संघ संस्थाबाट सीता पाण्डे डुम्रे , ब्युटिसियन चुत्र कुमारी थापा (दुर्गा)लगायत सेवा, न्याय, खेल क्षेत्रबाट थप  गरि १९ जना महिलाहरु सम्मानित भएका हुन् । वालिङ जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी  यज्ञ पुरूष रिजालकाे अध्यक्षतामा भएको कार्यक्रममा सम्वोधन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले प्रकृतिबाट मानिसलाई  महिला पुरूष भनी कुनै भेदभाव नगरेको  उल्लेख गर्दै सामाजिक रीतिरिवाजले छुट्याएको बताउनु भयो । महिला र पुरुषको आ-आफ्नै भूमिका हुन्छ तर भेदभाव  गर्ने अधिकार नभएको उहाँको भनाई छ । राजनीतिक परिवर्तनमा महिलाहरुको अहम्  भूमिका रहेकोप्रति उहाँले जाेड दिनुभयो  । महिला अधिकारका सन्दर्भमा संविधानमा उल्लेख गरिए पनि सबैले आ-आफ्नो क्षेत्रबाट व्यवहारमा उतार्नुपर्ने   साँसद तिवारीले  अैांल्याउनुभयाे। यसैगरी  प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिला सशक्तिकरण गर्न सक्यौं भने आरक्षणको आवस्यकता नपर्ने बताउनुभयो । पहिला हामी सशक्तिकरणमा लाग्नुपर्छ ताकि उनिहरु आफै प्रतिस्पर्धामा उत्रिन सकून् । वालिङ नगर उप प्रमुख कविता तिवारी गैरेले महिलाहरुले आँफूमाथि हुने हिंसा खुलेर राख्नुपर्नेमा जोड दिनुभयो । घरभित्र वा बाहिर हुने नारी हिंसालाई खुलेर राख्ने गर्नुपर्ने भन्दै उप प्रमुख  गैह«ेले आफ्नो अधिकारसँगै नारी हिंसामुक्त हुन सकिने उहाँले औंल्याउनुभयो । कार्यक्रममा शिक्षा शाखा अधिकृत गिता पाठक, पूर्णामृत भवानीका विव्यस अध्यक्ष कल्पना अर्याल , लक्ष्मी माविका प्रअ सीता गाैडेल गैर्हे, नेपाली काङ्ग्रेसका उपसभापति केदार काफ्ले ,स्याङ्जा सहयाेग समाजका प्रबक्ता भेषराज पराजुली, राेटरी क्लब अफ वालिङका अध्यक्ष सीता पाण्डे डुम्रे , जेसीजका संस्थापक सल्लाहकार ध्रुव शर्मा पंगेनी, अध्यक्षहरू अमृत अर्याल, भिमप्रसाद पंगेनी लगायतले बाेल्नुभएकाे थियो । वालिङ जेसीजका अध्यक्ष जेसी यज्ञ पुरूष रिजालले "सफलताको लागि एकता " प्रकरणमा  रहेर वर्ष २०२४ अगाडि बढिरहेको जनाउँदै समाज रूपान्तरणमा सबै संस्थाहरूकाे सहयोगले थप हाैसला बढेको बताउनुभयो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक शालिग्राम शर्मा,शसस्त्र प्रहरी बल वालिङ बेस क्याम्पका प्रमुख देवराज जाेशी, वडा प्रहरी कार्यालय वालिङ प्रमुख इकवाल हवारी, पूर्व अध्यक्षहरू दिपक लम्साल, देव बाेगटी, हाेमकान्त गाैतम, याम प्रसाद अधिकारी ( लक्ष्मण), ध्रुव पंगेनी लगायत करिब १०० जनाको उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा वालिङ जेसीजका पूर्व अध्यक्ष जेसी शान्ता थापाको संयाेजन, जेसी शुशिला पाण्डेकाे अगुवाइमा जेसीज आस्था र कार्यकारिणी उपाध्यक्ष जेसी सूर्य प्रसाद रेग्मीले जेसीज मिसन / भिजन वाचन गर्नुभएको थियो भने स्वागत मन्तव्य जेसी मणि प्रसाद अर्याल र कार्यक्रमकाे सञ्चालन महासचिव जेसी विदुर काेइरालाले गर्नुभएको थियो ।

     स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सहयोगमा  उक्त कार्यक्रम गरिएको कार्यक्रम संयाेजक जेसी शान्ता थापाले जानकारी दिनुभयो ।

JCI News Archive