नव वर्षको पुर्व सन्ध्यामा विपन्न परिवारलाई बुटवल जेसीजको सहयोग

2020-04-12

बुटवल । बुटवल जेसीजले राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिएको छ । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले बताउनु भयो । 

 
कोरोना विरुद्धको लडाईमा बुटवल जेसीजको यो चौथो कार्यक्रम भएको बताउँदै उहाँले भन्नु भयो दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत रहेर जेसीज आस्थालाई शिरोधार्य गर्दै खाद्यान्न वितरण गरिएको उहाँको भनाई छ । नव वर्षको पुर्व सन्ध्यामा चैत्र ३० गते बुटवल उपमहानगरपालिका वडा नम्वर ११ जुनकिरी टोलमा रहेका १० परिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक घरधुरीलाई १० किलो चामल र १ किलो दाल वितरण गरिएको बुटवल जेसीजका महासचिव जेसी हरिविक्रम कुँवरले बताउनु भएको छ ।


जुनकिरी टोल विकास संस्थाका अध्यक्ष  नेत्र भट्टराई, बुटवल जेसीजका, महासचिव जेसी हरिविक्रम कुवर, कोषाध्यक्ष जेसी भेषराज गैरे, जेसीआई बुटवल एकेडेमी २०२० का निर्देशक जेसी आविश्कार खनाल, नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल लगाएतको उपस्थितीमा राहत हष्तान्तरण गरिएको हो । यस अघि बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमको नेतृत्वमा कोरोना सम्बन्धि जनचेतना मुलक कार्यक्रम, सम्वन्धित निकाएलाई ज्ञापनपत्र वुझाउने तथा जनहितको लागि सार्वजनिक सुचना प्रकाशन प्रसारण र लकडाउनको कारण प्रभावित ८० परिवारलाई खाद्यान्न वितरण लगाएतका कार्यक्रम सम्पन्न गरि सकेको छ । बुटवल जेसीजले चैत्र ३० गते सम्पन्न गरेको कार्यक्रम कोरोना सम्बन्धि चौथो कार्यक्रम हो ।

JCI News Archive