शारदानगर जेसिज द्वारा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न

2024-04-01

मिति  २०८०/१२/१९तदनुसार 1st April 2024 सोमबार का दिन शारदानगर जेसिजद्वारा आयोजित रजत जयन्ती महोत्सव अन्तर्गत जेसिज सप्ताह २०८०को आठौँ कार्यक्रम महिला शसक्तिकरण कार्यक्रम  बरिष्ठ समाजसेवी महिला नेतृ आदरणीय दिदि मिना खरेल ज्यू को प्रमुख प्रशिक्षक एवं प्रमुख आतिथ्यता कलेज प्रमुख भोजराज न्यौपाने ज्यू को बिशेष आतिथ्यतामा मैया देवी कन्या कलेज को शभा हलमा कार्यक्रम भव्य र सब्य रूपमा सम्पन्न भयो ।                               



कार्यक्रममा शारदानगर जेसिज का पुर्व अध्यक्ष जेसी मसिना गुरुङ, निबर्तमान अध्यक्ष जेसी लक्ष्मी प्रसाद सापकोटा शिक्षक, बिद्यार्थी शारदानगर  जेसिजका बोर्डका साथीहरू,र साधारण सदस्य ज्युहरुको उपस्थिति रहेको थियोे ।



कार्यक्रममा बर्ष २०२४का कानुनी सल्लाहकार जेसि लक्ष्मी केसी ज्युले जेसिजहरूको ढुकढुकी आस्था पाठ बाचन गर्नु भएको थियोे भने कार्यक्रम संयोजक जेसी रेनुका पराजुली ज्यूले स्वागत मन्तव्य र कार्यक्रम मुल समारोह समिति संयोजक  जेसी रमेश घिमिरे  ज्युले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।



JCI News Archive