बर्दघाट जेसीजको सचिवालय उद्घाटन

2022-07-26

बर्दघाट जेसीजले आफ्नो सचिवालयको उद्घनटन गरेको छ । बर्ष २०२० मा नेपाल जेसीजबाट पूर्ण रुपमा मान्यता पाएको बर्दघाट जेसीजले अव आफ्नै कार्यालय संचालन गर्ने गरी सचिवालयको उद्घाटन गरेको हो ।

सचिवालयको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले गर्नुभएको हो । सचिवालय उद्घाटन पछि बोल्दै प्रमुुख अतिथिको रुपमा रहनुभएका अग्रहरीले बर्दघाट जेसीजले स्थापना कालको छोटो अवधीमा राष्ट्रिय स्तरमै बलियो छाप बसाल्न सफल भएको बताउनुभएको थियो । उहाँले बर्दघाटले गर्दै आईरहेका कार्यहरु समाजमा प्रभाव पार्ने खालका भएका भन्दै युवाहरुको नेतृत्व र क्षमता विकासमा पनि अग्रणी भुमिका खेलेको बताउनुभएको थियो । बर्दघाटले गर्ने जुनसुकै कार्यक्रममा सहयोग गर्न आफु तयार रहेको बताउँदै अग्रहरीले सचिवालय संचालन गर्न सक्नु पनि ठुलो उपलब्धी भएको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै बर्दघाट जेसीजका संस्थापक अध्यक्ष राजु न्यौपानेले शाखा स्थापनाका लागि गरेका संघर्ष स्मरण गर्नुभएको थियो । स्थापनाकालको छोटो अवधीमा सचिवालय स्थापना गर्न सफल भएको भन्दै बर्ष २०२२ को सिंगो टिमलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।


बर्ष २०२१ का अध्यक्ष गणेश न्यौपानेले बर्दघाट जेसीजलाई छोटो समयमै राष्ट्रिय स्तरमा परिचित गराउनका लागि सबैको साथ र सहयोग रहेको बताउनुभएको थियो । अध्यक्ष दिनेश न्यौपानेले सचिवालय नहुँदा कार्यसम्पादनमा कठिनाई हुदै आएकोमा सबै काम सचिवालयबाटै गरिने बताउनुभएको थियो ।

कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष सुधा ज्ञवालीलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने संचालन महासचिव गणेश पाण्डेले गर्नुभएको थियो ।


JCI News Archive