बुधबारे जेसीजद्धारा पूर्व अध्यक्ष क्लब गठन

2024-02-10

मिति २०८०।१०।२२ (Februray 5, 2024)

बुधबारे जेसीजको पहिलो पूर्व अध्यक्ष क्लब गठन भएको छ ।

पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा क्लब गठन भएको हो ।

अधिबेसनले वर्ष २०१८का अध्यक्ष प्रेम प्रकाश भण्डारीको अध्यक्षतामा बुधबारे जेसीजका पूर्व अध्यक्ष सबै सदस्य रहने गरि समिति गठन गरेको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतले (देव) शुभकामना मन्तब्य राखेका थिए ।

उक्त अधिबेशनमा पूर्व अध्यक्ष जेसी प्रेम प्रकाश भण्डारी, जेसी हेमन्त बराल, जेसी नन्द कुमार याफु राई, जेसी अनिल वाग्ले, सिनेटर मुकेश भट्टराईको उपस्थिति रहेको थियो भने निबर्तमान अध्यक्ष अर्जुन ढकाल र मानार्थ सदस्य दिपेन सिटौलाको बिशेष आतिथ्यता रहेको थियो ।

JCI News Archive