देवघाटधाम जेसीजकाे आयाेजनामा समय व्यवस्थापन तालिम सम्पन्न

2024-03-30

देवघाट चैत १७


देवघाटधाम जेसीजकाे अायाेजनामा एकदिने समय व्यवस्थापन तालिम सम्पन्न भएको छ । शनिबार देवघाटधाम जेसीजद्वारा आयोजना गरिएको सो तालिममा देवघाटधाम जेसीजका बोर्डका सदस्य र महिला सञ्जालका पदाधिकारीहरूको सहभागीता रहेको थियोे । सो तालिममा देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले समय अनुसार आफुलाई व्यवस्थित गर्न सके जीवन यापन गर्न सहज हुने र कतिपय व्यक्तिहरूलाई समय व्यवस्थापन गर्न नजान्नाले धेरै समस्या आएको हुदाँ १ दिने तालिमको आयोजना गरिएको बताउनु भयाे ।


साथै मल्लले संसार भर रहेका सबै मानिसहरूसँग बराबर समय रहन्छ तर जसले समयलाई सहि ठाउँमा प्रयाेग गर्छ साेहि अनुसारकाे सफलता प्राप्त हुने समेत बताए । देवघाटधाम जेसीजले धेरै राम्रो तालिमहरूको आयोजना गर्दै देवघाटका युवाहरूलाई अगाडि बढाएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरले बताए । अध्यक्ष कुँवरले जेसीजको माध्यमबाट आफ्नै ठाउँमा व्यक्तित्व र नेतृत्व विकास गर्दै स्वदेशमै केही गरेर अगाडि बढ्न सम्पूर्णमा अनुरोध गरेका थिए । सो एकदिने तालिमको जेसी धनविर चौधरीले प्रशिक्षक दिनुभएको थियोे भने तालिम देवघाटधाम जेसीजका वर्ष-२०२४ का निर्देशक जेसि सम्राट अधिकारीको संयोजकत्वमा भएको थियोे भने कार्यक्रम देवघाटधाम जेसीजका महासचिव जेसी प्रशन्न ढकालले सञ्चालन गर्नु भएको थियोे ।

JCI News Archive