सुरुङ्गा जेसिज द्वारा जेष्ठ माताहरुलाई सम्मान ।

2019-05-26

अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा मातातीर्थ औंसीको अवसर पारेर सुरुङ्गा जेसीजको आयोजनामा कनकाईको वडा नं.४ का जेष्ठ मातापितालाई खाद्यसामाग्री, कपडा, फलफूल वितरणसहित विशेष सम्मान गरिएको छ ।
सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् कनकाई नगर वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीय ११ जना मातापितालाई सम्मान गरिएको हो । ग्रामिण क्षेत्रमा भएका गरिव,दुखी,असहाय,मजदुर मातापिताहरुलाई लक्षीत गरी कार्यक्रमको आयोजना गरिएको सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भिमप्रसाद भट्टराइले वताएका छन् ।
  यसरी सम्मानित हुनेहरुमा शान्ती रेग्मी, शान्तीमाया विक, पुनम पोखरेल, लालमाया भट्टराई, गंगाप्रसाद दहाल, जसमाया कुमाल, जानुका चौधरी, मात्रीका ढकाल, देवीका राई, कुलवहादुर वस्नेत र लुखीराम मुर्मू रहेका छन् । सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष गोविन्द पौडेल, सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरु जविन तिम्सिना, शिव कडेल, कुमारमणि पोखरेल लगायतले सामाग्री वितरण गरेका छन् ।
  कार्यक्रम संयोजक सुष्मा न्यौपाने उप्रेतीले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा सिंहदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक डम्वर फुयाल, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सुरुङ्गा जेसीजका महासचिव प्रविन तिम्सिनाले गरेका थिए ।

JCI News Archive