बुटवल लेडी जेसीज वर्ष २०२० को "Green Butwal" अभियान अन्तर्गत दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न

2020-07-13

मिती:२०७७/०३/२९ गते सोमबार
????बुटवल लेडी जेसीज वर्ष २०२० को "GREEN BUTWAL " अभियान भाग -२????????
बुटवल लेडी जेसीज ले दिगो बिकास लक्ष्य को बुँदा नं १३ मा आधारित रहेर वृक्षारोपण कार्यक्रम को दोस्रो चरणमा बुटवल उपमहानगरपालिका कालिकानगर हाइवे को बिच भागमा वृक्षारोपण गरि सम्पन्न गरेको छ ।
बुटवल लेडी जेसीज का अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा शुरुवात गरिएको उक्त वृक्षारोपण कार्यक्रममा स्वामी,धूपी र सितारा फूल हरु मिलाएर रोपिएको थियो । बिरुवाहरुको सौजन्य बुटवल लेडी जेसीजकी महासचिव जेसी अनुपमा श्रेष्ठ ज्यू ले गर्नुभएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा १३ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।
      हाम्रो यो अभियानमा साथ दिनुहुने सम्पूर्ण बुटवल लेडी जेसीज का पदाधिकारीहरु ज्यूहरु , आजिवन सदस्य ज्यू तथा समस्त जेसीज अभियन्ता ज्यूहरु मा हार्दिक धन्यबाद तथा कृतज्ञता ज्ञापन गर्दछौ ।
धन्यवाद जय जेसीज
संयोजक : जेसी शर्मीला राना
महासचिव : जेसी अनुपमा श्रेष्ठ
अध्यक्ष : जेसी कल्पना पाण्डे

JCI News Archive