बुधबारे जेसीजको १२औं स्थापना दिवस रक्तदान गरी मनाईयो

2023-03-26




बुधबारे जेसीजको १२औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सन्२०१२ मा स्थापना भएको बुधबारे जेसीज आज बाट ११ बर्ष पूरा गरि १२ औँ बर्षमा प्रवेश गरेको  


बुधबारे जेसीज बर्ष २०२३का लागि अध्यक्ष जेसी अर्जुन ढकालको सभापतित्वमा सञ्चालन भएकोकार्यक्रममा प्रमुख अतिथि बुधबारे जेसीजका सस्थापक अध्यक्ष प्रकाश सिवाकोटी थिए भने बिशिष्टअतिथी नेपाल रेडक्रस सोसाइटी उपशाखा बुधबारेका अध्यक्ष पुष्प भट्टराई रहेका थिए।


कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्  झापामा निरन्तर भईरहने रगतको अभाव लाई मध्यनजरगर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सित्तल तिम्सिनाले बताए 

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो।

JCI News Archive