१६ औ गणतन्त्र दिवसको अवसरमा नारायणगढ लेडीले गर्यो दिपप्रज्वलन

2023-09-04


१६ औ गणतन्त्र दिवसको अवसर पारि नारायणगढ लेडी जेसिजले भरतपुर महानगरपालिकाको चौबिसकोटीमा दिप प्रज्वलन कार्यक्रम शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न गरियो ।

कार्यक्रममा ट्राफिक प्रहरी सहायक निरीक्षक श्री नवराज जोशी ज्यू प्रमुख अतिथि रहनु भएको थियो भने नारायणगढलेडी जेसिजकि पूर्व अध्यक्ष श्री रमा श्रेष्ठ ज्यू, नारायणगढ लेडी जेसिजकि पूर्व अध्यक्ष एवं अध्यक्ष सल्लाहकार श्री निरु कार्की ज्यू र नि वर्तमान अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी ज्यू हरुको विशेष उपस्थिति रहेको थियो ।

JCI News Archive