सहकारी शिक्षा तालिम सम्पन्न

2024-02-15

कुमारी साकोस उर्लाबारीको आयोजना तथा उर्लाबारी जेसीजको प्राविधिक व्यवस्थापनमा माघ २० गते शनिवार एक दिने सहकारी शिक्षा तथा सदस्य उत्पे्ररणा कार्यक्रम सम्पन्न भएको छ । उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा साकोसका तर्फबाट ७५ जना सदस्य तथा समिति पदाधिकारीहरु र उर्लाबारी जेसीजका तर्फबाट सात जना पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाका पदाधिकारीहरुको अलावा सहकारी अभियन्ताहरुको समेत उपस्थीति रहेको थियो । साकोसका अध्यक्ष मणिलाल श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा उर्लाबारी जेसीजका अध्यक्ष जेसी नविन श्रेष्ठले आफ्नो भनाईहरु राख्नु भएको थियो । त्यसैगरी, मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणीय उपाध्यक्ष तथा दक्ष प्रशिक्षक जेसी मन्जरी घिमिरे रहनुभएको थियो ।

JCI News Archive