बुटवल जेसीजको कविता कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम

2018-11-08

कार्यक्रम ः कविता कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम


क्षेत्र ः सामुदायिक
संयोजक ः जेसी राजीव खनाल
स्थान ः लुम्बिनी वाणिज्य क्याम्पस, स्ववियु हल
मिति ः २०७४ माघ २० गते शनिवार (2018-02-03)


प्रमुख अतिथि ः नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई  सिनेटर श्रीधर बस्याल
सहभागी ः करिब ३५० जना 


उद्देश्यः
यस कविता कन्सर्ट कार्यक्रम मार्फत नेपाली मौलिक साहित्यको जगेर्ना गर्नुका साथै सामुदायमा सांस्कृतिक मनोरञ्जन प्रदान गर्नु थियो ।


कार्यक्रमको संक्षिप्त विवरणः
बुटवल जेसी वर्ष २०१८ ले आयोजना गरेको पहिलो कार्यक्रम कविता कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम बुटवल क्षेत्रमै पहिलो कार्यक्रम रहेको थियो । सामुदायिक क्षेत्रमा पर्ने उक्त कार्यक्रमको अध्यक्षता बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीले गर्नुभएको थियो भने प्रमुख अतिथिको भूमिका नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालज्यूले गर्नुभएको थियो । कार्यक्रमको सुरुवाती औपचारिक कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी चन्द्रमणी भुसालले गर्नुभएको थियो भने तत्पश्चातको कन्सर्ट कार्यक्रम सञ्चालन उक्त कार्यक्रमका संयोजक जेसी राजिव खनालले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरु बुटवल जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआईका पूर्व उपाध्यक्ष तथा बुटवल जेसीज वर्ष २०१८ का वरिष्ठ सल्लाहकार सिनेटर अनुपमान सैँजू तथा वरिष्ठ साहित्यकार ऋषी आजाद रहनुभएको थियो । अतिथिका रुपमा बुटवल जेसीजका पूर्व अध्यक्षज्यूहरुले भूमिका निभाउनुभएको थियो । कविताको दुनियाँमा छुट्टै नाम रच्न सफल हुनुभएका युवाकवी नवराज पराजुली उक्त कार्यक्रमका आकर्षणका केन्द्रबिन्दु रहनुभएको थियो ।

 युवाकवी नवराज पराजुलीले उक्त कार्यक्रममा लगातार १ घण्टा ५ मिनेट संगितमय कविता वाचन गर्दै बुटवलका साहित्य प्र्रेमी महानुभावहरुलाई मन्त्रमुग्ध बनाउनुभएको थियो । प्रायः सांगितिक कन्सर्टमा रमाउने बानी परेका बुटवलवासी युवायुवतीहरुले छुट्टै खालको कार्यक्रमको शुरुवाती कौतुहलता जाहेर गरेतापनि कार्यक्रमको अन्त्यमा आपूmहरु अत्यन्तै सन्तुष्टि तथा साहित्यिक मनोरञ्जन प्राप्त गरेको अनुभव सुनाएका थिए । युवाकवी नवराज पराजुलीका साथै बासुरी वादकद्वय संयक महर्जन तथा प्रकाश पौडेलले सामूहिक रुपमा एकैपटक बासुरी बजाएर दर्शकहरुलाई बाँसुरीको धुनमा बिलिन पार्नु भएको थियो । बासुरीवादक महर्जन काठमाडौँबाट आउनुभएको थियो भने पौडेल बुटवलकै स्थानीय कलाकार हुनुहुन्थ्यो । 

कार्यक्रमको बीचमा गायिका योजना पुरीले आधुनिक गीत गाएर कार्यक्रमलाई सांगितिक मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रमका अर्का आकर्षण मादलवादक अभिषेक गौतम रहनुभएको थियो । १०४ वटा मादल एकैचोटी बजाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा रहनुभएका गौतमले विभिन्न तालमा मादल बजाएर दर्शकहरुको ध्यान एकत्रित गर्दै कार्यक्रम हललाई मादलको तालले गुञ्जयमान बनाउनुभएको थियो । मादलवादक गौतम स्थानीय बुटवल बासी हुनुहुन्थ्यो साथमा अन्य स्थानीय कलाकारहरुको प्रस्तुतीले कार्यक्रमको रौनक अझै बढाएको थियो । बुटवलमै पहिलोपटक गरिएको उक्त कार्यक्रमले साहित्य पारखीहरुको हौषला बढ्नुका साथै पश्चिमा शैलीसँगै परिवर्तन भईरहेको संस्कृतिमा मौलिक संस्कृतिको जगेर्ना गर्न टेवा पुगेको कुरा कार्यक्रमका वक्ताहरुले बोल्नुभएको थियो । कार्यक्रम निर्धारित समयभन्दा केही ढिलो २ः३० बजे शुरु भई साँझ ६ः०० बजे सम्पन्न भएको थियो ।

JCI News Archive