संविधान दिवसमा धुलाबारी जेसीजको सयुक्त कार्यक्रम

2022-09-25

धुलाबारी जेसीज ले असोज ३ गते सोमबार ८ औ संविधान दिवसको अवसरमा धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज र धुलाबारी जुनियर जेसीज संग सहकार्य गर्दै सयुक्त रुपमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ | मेचीनगर लेडी जेसिजकी अध्यक्ष जेसी सितागिरी पुरी सयोजक रहेको उक्त दिप प्रज्वलन कार्यक्रमको अध्यक्षता धुलाबारी जेसीज अध्यक्ष जेसी रबिन्द्र पाठकले अध्यक्षता गरेका थिए भने कार्यक्रम सचालन धुलाबारी जुनियर जेसीजाका महासचिव जु जेसी बिस्नु चिमरियाले गरेका थिए | नेपाल जेसीजाका पुर्व राष्ट्र कार्यकारिणी उपाध्यक्ष एवम् नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक सिनेटर राजा बाबु शाहा कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुदै संविधान दिवस र यसको महत्वका बारे बोलेका थिए | मेचीनगर १० धुलाबारी चोकमा दिप प्रज्वलन गर्दै कार्यक्रम समापन गरिएको थियो भने कार्यक्रममा धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, धुलाबारी जुनियर जेसीजका पुर्व अध्यक्ष, बोर्डका पदाधिकारी लगायत सदस्य ज्युहरु गरि करिब ५० जनाको सहभागिता रहेको थियो | 


JCI News Archive