नवलपुर जेसीजको कोभिड सचेतनाः सहचालकलाई स्वास्थ्य सामग्री

2022-01-29


  • शनिबार माघ २०७८, १५
Nawalpurfm


नवलपुर,माघ १५ । नवलपुर जेसीजले नवलपुर सदरमुकाम कावासोतीमा कोभिड सचेतना कार्यक्रम गरेको छ । नवलपुर जेसीज बर्ष २०२२ ले आज शनिवार कावासोतीको फलफूल चोक स्थित पूर्व पश्चिम मुख्यमार्गको वस विसौनीमा यात्रुवाहक सवारी साधनका सहचालकलाई लक्षित गर्दै स्वास्थ्य सुरक्षामा सामग्री वितरण गरेको थियो ।


सवैभन्दा धेरै यात्रुहरुको नजिकको सम्पर्कमा सहचालक रहने हुँदा उनीहरुमा सक्रमणको सम्वाहक दर तथा आफै संक्रमणको जोखिमको सम्भावना समेत उच्च हुने भएकाले  सहचालकलाई लक्षित गरेर मास्क, सेनिटाईजर तथा मास्क नलगाएका यात्रु लगायत पैदल यात्रुलाई समेत मास्क वितरण गरिएको नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुसालले जानकारी दिनुभयो ।


बिहान ९ देखि १० बजेसम्म १ घण्टा भएको सचेतनात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ववल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला ट्राफिक प्रहरी प्रमुख नारायण थापा सहितको प्रहरी टोलीले समेत ब्यवस्थापनमा समन्वय पुर्याएको कार्यक्रममा प्रमुख अतिथि एसपी महर्जनले सामाजिक सुरक्षा, सचेतना लगायतका क्रियाकलापमा नागरिक र प्रहरीको सम्वन्ध सुमधुर हुनुपर्ने भन्दै यस्ताखाले रचनात्मक कार्यमा प्रहरी कार्यालयको तर्फबाट सदैव सकारात्मक सहयोग हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 

कार्यक्रमलाई कावासोतीमा रहेको सुभाना पोलिक्लिनिक,शंकर पोलिक्लिनिक  र अनु हेल्थ क्लिनिकनिकले स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग पुर्याएको कार्यक्रम संयोजक नवलपुर जेसीज वर्ष २०२२ का उपाध्यक्ष श्याम अधिकारीले बताउनुभयो ।

 

त्यसैगरी नवलपुर जेसीजले आइतबार विभिन्न सरकारी कार्यालय तथा कावासोतीमा रहेको पेट्रोल पम्पमा कोरोना सचेतना सम्बन्धि ब्यानर राख्ने कार्यक्रम रहेको छ ।


JCI News Archive