म्याग्दी जेसिजद्वारा नव बर्षको क्यालेनडर विमोचन

2022-04-13

म्याग्दी जेसीजको आयोजनामा नव वर्ष (२०७९) को शुभकामना आदान प्रदान, क्यालेन्डर विमोचन तथा उत्कृष्ट फोटोग्राफर पुरस्कृत कार्यक्रम सम्पन्न भएको छ ।

जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय सिनेटर धनञ्जयकुमार श्रेष्ठ लगायतका पूर्व अध्यक्षहरुले क्यालेन्डरको विमोचन गरेका हुन । सहभागीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

त्यसैगरी म्याग्दी जेसीजले आयोजना गरेको उत्कृष्ट फोटो ग्राफीका उत्कृष्ट फोटो ग्राफरहरुलाई समेत पुरस्कृत गरेको थियो । छवि आचार्य, पूर्ण जुग्जाली, कृष्णराज पौडेललाई नगद सहित सम्मान पत्रले पुरस्कृत गरेको थियो ।
कार्यक्रममा स्वागत वरिष्ट कार्यकारिणी उपाध्यक्ष जेसी हरि भण्डारी सञ्चालन जेसी सलोना खड्का र जेसी दिनेशकुमार विश्वकर्माले गरेका थिए ।


JCI News Archive