BLOOD DONATION PROGRAMME

2023-03-03

मिति २०७९-११-०७ जेसीआई व्यासनगर वर्ष २०२३ का अध्यक्ष जेसी राजु रानाज्युको अध्यक्षतामा जेसीआई व्यासनगरको २९औं स्थापना दिवस एवं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारी प्रभु बैक लि. दमौली शाखाको सहकार्य एवं नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा तनहुँको प्राविधिक सहयोगमा व्यास ३ महर्षी चोक स्थित प्रभु बैक लि. को प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा तनहुँ रेड्क्रस सोसाइटी जिल्ला सभापति श्री प्रा. डा. कृष्ण गौतम ज्युले प्रमुख अतिथीको आसन ग्रहण गर्नु भएको थियो भने व्यास न.पा ३ का वडा अध्यक्ष श्री अनुप राना ज्यु र तनहुँ रेड्क्रस सोसाइटीका मन्त्री श्री सुर्य चन्द्र हड्खलेज्युले विशिष्ट अतिथिको आसन ग्रहण गर्नु भएको थियो । त्यस्तै नेपाल जेसीज वर्ष २०२१का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शिव प्रसाद भुषालज्यु, जेसीआई व्यासनगरका निवर्तमान अध्यक्ष जेसी कृष्ण सुनारज्यु, वर्ष २०२० का अध्यक्ष जेसीआई सिनेटर भरत कुमार श्रेष्ठज्यु, वर्ष २०१४ का अध्यक्ष जेसीआई सिनेटर सुरेश पुरीज्यु,वर्ष २०१३ का अध्यक्ष जेसीआई सिनेटर एक प्रसाद श्रेष्ठज्यु, वर्ष २०१० का अध्यक्ष जेसीआई सिनेटर अभिनय खनालज्यु लेखनाथ जेसीज पुर्व अध्यक्ष जेसी चिरञ्जीवी न्यौपानेज्युको पनि विशेष उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथीज्युले ब्लड पाउच, जेसीआई लेखनाथका पुर्व अध्यक्ष जेसी चिरञ्जीवी न्यौपानेज्युलाई हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो। रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्म साथ गर्दै दमौली अस्पतालमा बिगतमा भैरहेको रगतको अभाव हुन नदिनको लागि जेसीआई व्यासनगरले आफ्नो २९औं जन्मोत्सव साथै ७३औं प्रजातन्त्र दिवसको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रममा २६ पिन्ट रगत जम्मा गरिएको थियो। रक्तदाताज्युहरुलाई रक्तदान गर्नु भए बापत मायाको चिनो स्वरुप टिसर्ट, साथै प्रशंशा-पत्र प्रदान गरिएको थियो।

JCI News Archive