म्याग्दी जेसीजको प्रभावकारि भाषणकला तालिम सम्पन्न

2024-03-31

 

मिति २०८० चैत्र १७ गते शनिबार

म्याग्दि जेसिज द्वारा आयोजित शाखा पदाधिकारी हरु को लागि प्रभावकारि भाषणकला तालिम बेनि नगरपालिका-९ अवस्थित होटेल याक मा सम्पन्न गरिएको छ! म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता, म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता, म्याग्दि जेसिज का संस्थापक अध्यक्ष,बेनि नगरपालिका-७ का वडा अध्यक्ष तथा बेनि नगरपालिका का प्रबक्ता सिनेटर रमेश कुमार श्रेष्ठ को बिशिष्ट आतिथ्यता,म्याग्दि जेसिज का कार्यकारीणि उपाध्यक्ष जेसि कृष्ण प्रसाद पौडेल को स्वागत मन्तव्य रहेको कार्यक्रम को उद्घाटन समारोह को संचालन म्याग्दु जेसिज कि तालिम संयोजक जेसि धनमाया श्रेष्ठ र समापन समारोह को संचालन म्याग्दि जेसिज का महासचिव जेसि सज्जन श्रेष्ठ ले गरेका थिए! 

  तालिम मा म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ ले प्रमुख प्रशिक्षक को रुप मा र पुर्व अध्यक्ष जेसि बिनय कुमार श्रेष्ठ र खम थापा द्वय ले प्रशिक्षक को रुप मा भुमिका खेल्नु भएको थियो!

    यस्तो खाल को तालिम ले शाखा पदाधिकारी हरु को भाषण कला मा निखारपन ल्याउने र समाज समुदाय मा नेतृत्वदायि भुमिका खेल्न सक्ने  क्षमता अभिबृद्दि गर्ने म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँले बताए!

JCI News Archive