Picnic-2019

2019-04-26

बैशाख १ गते देखी ७ गतेसम्म रक्तदान, बृक्षारोपण, सरसफाई, मैत्रिपुर्ण फुटवल, विभिन्न सचेतना मुलक कार्यक्रम, साहीत्यीक तथा वनभोज कार्यक्रम गरेर जेसिज सप्ताह मनाईएको हो । जेसिजका कार्यवाहक अध्यक्ष बुद्धि प्रकाश शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि घोराही १३ का वडा अध्यक्ष रविलाल घर्तिले युवाहरुको नेतृत्व क्षमता विकास गर्ने उदेश्यले स्थापना भएको जेसिजले विगतदेखी समाजमा सकारात्मक शन्देश फैलाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै जेसिजको वारेमा चर्चा गरेका थिए । उनले जेसिजसंग सहकार्य गरेर जान तयार रहेको भन्दै यसप्रकारका सिर्जनात्मक तथा रचनात्मक कार्यहरु गरेर संस्थालाई अघि बढाउन पनि आग्रह गरे ।जेसि रमेश घिमिरेले जेसिज आस्था पाठवाट सुरु भएको कार्यक्रमको वारेमा कार्यक्रम संयोजक जेसि युवराज पन्तले जानकारी गराएका थिए । जेसिज सप्ताहका मुल संयोजक तथा कार्यकारी उपाध्यक्ष जेसि रविकिरण केसिले जेसिले गरेको सप्ताहब्यापिरुपमा गरेको कार्यक्रमको वारे जानकारी गराएका थिए । केसिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई मायाँको चिनो प्रदान गरेका थिए । सो अवसरमा दाङ महीला जेसिजका अध्यक्ष रेखा शर्मा, तुलसिपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरे, लमही नगर जेसिजका अध्यक्ष शिवशंकर गुप्ता, जागरण अनलाइनका सम्पादक निशानदाजु भट्टराई लगायतकाले वोलेका थिए । कार्यक्रमको सञ्चालन जेसिजका महासचिव रोशन दाहालले गरेका थिए ।

JCI News Archive