शारदानगर जेसिज द्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष ज्यु लाई "स्वागत तथा भेटघाट "कार्यक्रम सम्पन्न

2024-04-17

मिति २०८१/१/५तदनुसार 5thApril 2024 बुधबार का दिन शारदानगर जेसिजद्वारा आयोजित निरुपित राष्ट्रिय उपाध्यक्ष ज्यु लाई "स्वागत तथा भेटघाट "कार्यक्रम शारदानगर जेसिज बर्ष २०२४का डायनोमिक लिडर शाखा अध्यक्ष जेसि भुबन सापकोटा ज्युको सभाध्यक्षता र नेपाल जेसिज वर्ष २०२४ कि राष्ट्रिय उपाध्यक्ष एवम शारदानगर जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि स्वपना पौडेल भण्डारी ज्युको प्रमुख आतिथ्यतामा भरतपुर १९ अन्तर्गत शारदानगर जेसिजको सचिवालयमा कार्यक्रम भव्य र सब्य रूपमा सम्पन्न भयो । कार्यक्रममा शारदानगर जेसिजका निबर्तमान अध्यक्ष जेसी लक्ष्मी प्रसाद सापकोटा ज्यु र शारदानगर जेसिजका बोर्डका पदाधिकारी ज्युहरुको उपस्थिति रहेको थियोे ।


कार्यक्रमको संयोजक जेसि लक्ष्मी केसि ज्युले   स्वागत मन्तव्य राख्नुभएको थियो भने जेसिज हरुको ढुकढुकि आस्था पाठ वाचन उपाध्यक्ष जेसि सोनु पराजुली ज्युले गर्नु भएको थियो।कार्यक्रम सन्चालन कार्यकारीणि उपाध्यक्ष जेसि देउ बहादुर थापा मगर ज्युले गर्नु भएको थियो । ।


JCI News Archive