तुलसीपुरमा जेसिजले ३२ हजार बराबरको खाद्यान्न सहयोग गर्यो

2020-04-04

तुलसीपुर, चैत २३ । तुलसीपुर नगर जेसिजले ३२ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । जेसिजका पदाधिकारीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरि तुलसीपुर उपमहानगरपालिकालाई ३२ हजार बढी मुल्यमा मिक्स दाल किनेर हस्तान्तरण गरेको छ ।

नगरजेसिजका अध्यक्ष मोहन सुनारले कोरोना भाइरसको संक्रमण रोक्ने उदेश्यले सरकारले जारी गरेको लक–डाउनमा मजदुर तथा गरिव व्यक्तिहरु समस्या नपरुन भनेर उक्त सहयोग प्रदान गरिएको फरककोणलाई बताए ।

‘ विपदको समयमा गरिने सेवा नै सबैभन्दा ठूलो सेवा धर्म हो,’ अध्यक्ष सुनारले भने ‘विपदको समयमा सबैले सहयोग गर्न आवश्यक छ ।’ उनले यसअघि पनि नगरजेसिजका साथीहरुले व्यक्तिगत रुपमा सहयोग संकलन गरि १४ हजार बराबरको स्यानिटाइजर, मास्क, गोप्स लगाएका सामाग्री स्वास्थ्य संस्था, प्रहरी, ट्राफिक लगाएतलाई प्रदान गरिएको जानकारी दिए ।


JCI News Archive