रत्ननगर जेसीजको BOT को अधिवेशन सम्पन्न

2024-03-15

रत्ननगर जेसीजको बोर्ड अफ ट्रष्टीको अधिवेशन सम्पन्न भएको छ।मिति २०८० चैत १गते तदनुसार १४ मार्च २०२४ गतेका दिन रत्ननगर ८मा रहेको राप्ती रिसोर्टमा अधिवेशन भएको थियो। निवर्तमान संयोजक सिनेटर पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले वर्ष २००५ का अध्यक्ष सुन्दरलाल श्रेष्ठलाई नया संयोजक चयन गरेको छ भने वर्ष २००६का अध्यक्ष बुद्दराम जोशीलाई सह-संयोजक तथा वर्ष २००७ का अध्यक्ष निरज श्रेष्ठलाई कोषाध्यक्ष चयन गरेको छ।नव गठित बोर्ड अफ ट्रष्टीको सदस्य सचीव वर्ष २०२४का अध्यक्ष जेसी नरहरि पुरी रहनु भएको छ।

JCI News Archive