सप्ताहको अन्तिम 'समापन'कार्यक्रम

2022-06-25

मिति २०७९/३/११ गते शनिबारका दिन दाङ महिला जेसिजको सप्ताह अन्तर्गतको अन्तिम 'समापन'कार्यक्रम शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष जेसि आइ सिनेटर लालमणी भण्डारी ज्युको प्रमुख आतिथ्यतामा घोराही १८ स्थित अम्विकेश्वरि मन्दिरमा सम्पन्न गरियो। उपाध्यक्ष जेसी रोजीना गिरि ज्युको आस्था पाठ बाट शुरू भएको कार्यक्रममा सदस्य जेसी मेनका भण्डारीले जेसिज मिसन भिजन वाचन गर्नुभएको थियो। कार्यक्रम सम्योजक जेसि मिना भण्डारी वलिले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा प्रमुख अतिथि ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल सम्योजक जेसि वसन्ती सुवेदीले प्रकाश पार्नुभएको थियो।
          कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रेखा के सी,नया पाइला पुनर्स्थापना केन्द्रका अध्यक्ष सुरेश भुसाल, स्वास्थ्य प्राविधिक सङ्घका केन्द्रीय सदस्य लछ्मि ढकाल, नेपाली कांग्रेसका नगर सभापति तिलक रावत, दाङ जिल्ला उद्योग वाणिज्य संघका का वा अध्यक्ष महेन्द्र बुढाथोकी,वन महासंघका सचिव जानका के सी, घोराही उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष डुल्लुराम पोखरेल,१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे,लमहि जेसिजका शाखा अध्यक्ष सुन्दर केसी सुजन, रामग्राम महिला जेसिजका निवर्तमान अध्यक्ष पुष्पा लामा, राप्ती साहित्य परिषद् दाङ जिल्ला अध्यक्ष दिपक शर्मा समिर, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका धमेन्द थापा, लमहि जेसिज का शाखा अध्यक्ष जेसि सुन्दर केसी सुजन,मातृशाखा त्रिभुवन नगर जेसिजका शाखा अध्यक्ष जेसि विवेक आचार्य, दाङ महिला जेसिजका धरोहर सम्पुर्ण पुर्व अध्यक्ष ज्यु हरु को प्रतिनिधित्व गर्दै जेसी विणा वि सि, निवर्तमान अध्यक्ष ममता विष्ट , सस्थापक अध्यक्ष जेसी निर्मला गौतम लगायतले मन्तव्य दिनुभएको थियो।
        कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरु लाइ कार्यक्रमका मुल सम्योजक जेसि वसन्ती सुवेदीले मायाको चिनो प्रदान गर्नु भएको थियो भने रुपैयाँ ५०००भन्दा वढि दिनुभएका सहयोगी मनहरु लाइ कदर पत्र प्रदान गरिएको थियो।७५ जनाको उपस्थिति रहेको कार्यक्रममा धन्यवाद मन्तव्य जेसी सुनिता थापाले दिनुभएको थियो भने सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो।

JCI News Archive