रत्ननगर जेसीजद्वारा EPS/MC तालीम सम्पन्न

2024-03-24

रत्ननगर जेसीजको आयोजनामा १ दिने प्रभावकारी भासण कला तथा कार्यक्रम संचालन सम्बन्धि तालिम सम्पन्न भएको छ।रत्ननगर २ स्थित रत्ननगर जेसीजको सचिवालय भवनमा २०८० साल चैत १० गते तदनुसार २३ मार्च २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो। रत्ननगर जेसीज वर्ष २०२४का अध्यक्ष जेसी नरहरि पुरीको अध्यक्षता,महासचिव जेसी सुरेसजंग पाण्डेको संचालन र कार्यक्रम संयोजक जेसी वावुराम परियारको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एवं प्रशिक्षक जेसी विश्वास श्रेष्ठले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा राप्ती जेसीजका अध्यक्ष जेसी विवेक गैरे,रत्ननगर जुनियर जेसीजकि अध्यक्ष जुजेसी रेनुका ढकाल,जुनियर जेसीज क्षेत्र ख संयोजक जुजेसी सन्दर्भ खनालको आतिथ्यता रहेको थियो।

JCI News Archive