राजविराज जेसीजको आयोजनामा जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न

2024-03-30

राजविराज जेसीजको आयोजनामा जेसिआई एक्सन फ्रेमवर्क तालिम आज राजविराज जेसिज सभा हलमा सम्पन्न भएको छ ।


उक्त तालिममा राजविराज जेसिज वर्ष २०२४ का सम्पूर्ण पदाधिकारीहरू, नयाँ सदस्यहरू गरी २७ जनाको उपस्थिति रहेको थियो । उक्त तालिममा प्रशिक्षकको नेपाल जेसीज क्षेत्र 'क'का तालिम संयोजक जेसी प्रदीप विष्टको उपस्थिति रहेको थियो ।


यसै गरी राजविराज जेसिज वर्ष २०१३ का अध्यक्ष जेसी मनोहर पोखरेल, वर्ष २०२० की अध्यक्ष जेसी नानीमैया कटवाल र सप्तरी युथ राजविराजका संयोजक मोहन यादव लगायतको समेत उपस्थिति रहेको थियो ।


उक्त तालिमको अध्यक्षता राजविराज जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विप्लव आनन्दले गर्नु भएको थियोे र सञ्चालन महासचिव जेसी पंकज देवले गर्नुभएको थियो । साथै उक्त तालिम समापन कार्यक्रममा सहभागी लाई प्रमाणपत्र र अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियोे ।


JCI News Archive