गीतानगर जेसीजको "LO Officers Training and Planning Workshop" सम्पन्न

2024-02-04

मिति २०८०-१०-२० (२०२४-०२-२०)

गीतानगर जेसीज , देवघाटधाम जेसीज र गीतानगर जुनियर जेसीजको संयुक्त आयोजनामा "LOCAL ORGANIZATION OFFICER'S TRAINING AND PLANNING WORKSHOP " सफलता पूर्वक नमस्ते देवघाट गार्डेन रिसोर्टमा सम्पन्न गरियो।

 तालिमको प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष २०१८ की कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी शिल्पकार  रहनुभएको थियो।

प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य तिलबहादुर थापा हुनुहुन्थ्यो भने विशिष्ट अतिथी नेपाल जेसीज वर्ष २०२२ का महासचिव जेसी कृष्ण सापकोटा रहनुभएको थियो।

वर्ष २०२४ लाई सफलतापुर्वक संचालन गर्नका लागी पदाधिकारीलाई काम, कर्तव्य, अधिकार सम्बन्धित तालिम एवं उद्यमी व्यवसायीहरु एवं समुदायमा केन्द्रित भई विभिन्न तालिमहरु ,तथा युवा लक्षित विभिन्न कार्यक्रमहरुको संचालन गर्ने गरी कार्ययोजनाको खाका तयार गरी प्रभावकारी रूपमा तालिम सञ्चालन भएको थियो।

 तालिम अवधिमा सक्रिय सहभागी भई कार्यक्रमलाई भव्य सफल बनाउन सहयोग गर्नुहुनेछ सम्पूर्णमा गीतानगर जेसिज आभार व्यक्त गर्दछ।

JCI News Archive