पोखरा लेडी जेसीजले विपन्न वर्गको विरामीलाई आर्थिक सहयोग

2024-04-25

"मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो "भन्ने आस्था लाइ आत्मा साथ गर्दै स्वास्थ्य र समुन्नत समाजको निर्माणमा अग्रिम भुमिका खेल्ने पोखरा लेडी जेसिज बर्ष 2024का अध्यक्ष जेसि गायत्री फुयाँल ज्यूको नेतृत्वमा  मादी  गाउँपालिका ८ , निवासी  मनोज  गिरि नाम गरेको व्यक्ति भिरबाट लडेर गण्डकी हस्पिटल पोखरा मा ICU मा उपचारका क्रममा रहनु भएको र उहाको आर्थिक स्थिति एकदमै नाजुक रहेको उपचारका लागि राहत स्वरुप नगद रु 30000 हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा पुर्व अध्यक्ष जेसि लक्ष्मी अधिकारी, कोषाध्यक्ष जेसि संगीता अधिकारी, कानुनी सल्लाहकार जेसी अनिता थापा लगायत उपस्थित भै विरामी को स्वस्थ अवस्था र आर्थिक अवस्था को मुल्यांकन गरि रकम हस्तान्तरण गरियो। कार्यक्रमको संयोजन जेसि सुकु अधिकारी गर्नुभएको थियो। उक्त कार्यक्रमको लागि रकम संकलनमा सहयोग गर्नुहुने सम्पुर्ण लाइ हार्दिक आभार व्यक्त गर्दछौं 

JCI News Archive