बाह्र दिने भर्चुअल योगा कार्यक्रम सम्पन्न

2020-06-17

नेपाल जेसीजका चार क्षेत्र मध्ये क्षेत्र क, ख,ग र घ का चार /चार शाखाहरु गरि जम्मा १६ शाखाहरुको संयुक्त आयोजनामा भएको बाह्र दिने अनलाइन योगा कक्षा आज सम्पन्न भएको छ ।
आयोजक शाखा हरुमा जेसीआई बुटवल लेडी ,जेसीआई नारायणगढ, जेसीआई कपन,जेसीआई दमक,जेसीआई बाहुनडाँगी,जेसीआई हेटौंडा लेडी, जेसीआई काठमाडौं, जेसीआई सिद्धार्थ लेडी, जेसीआई दुहवी,जेसीआई पोखरा लेडी, जेसीआई पाटन लेडी, जेसीआई लमही,जेसीआई जनकपुर, जेसीआई व्यासनगर,जेसीआई रामेछाप र जेसीआई कर्णाली रहेका थिए ।
  कार्यक्रममा कपन जेसीजका पूर्व अध्यक्ष एवं योग गुरु दुर्गादेव सुवेदी ज्यू ले शुरुवाती दिन देखि सहजीकरण गर्नुभएको थियो ।
हाम्रो यस कार्यक्रममा सहभागीता जनाइ कार्यक्रमको गरिमालाई बढाइदिनुहुने समस्त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका समस्त जेसीस अभियानमा लाग्नुभएका जेसीज एवं ननजेसीज महानुभावहरु प्रति हार्दिक आभार सहित धन्यबाद प्रकट गर्दछौँ ।
धन्यवाद, जय जेसीज
महासचिव जेसी अनुपमा श्रेष्ठ
अध्यक्ष जेसी कल्पना पाण्डे

JCI News Archive