दाङ महिला जेसीज को सप्ताह कार्यक्रम अन्तर्गत को पाँचौ कार्यक्रम खुल्ला साहित्य कार्यक्रम सम्पन्न

2019-04-25

दाङ महिला जेसीज को जेसीज सप्ताह कार्यक्रम को पाँचौ कार्यक्रम खुल्ला साहित्य कार्यक्रम सचिवालय मा सम्पन्न। संयोजक जेसी सूजन पौडेल। आस्थापाठ को अगुवाई जेसी नारायणी भण्डारी ले गर्नु भएको थियो। जेसी रेखा शर्मा को अध्यक्षता मा राप्ती साहित्य परिसद् का अध्यक्ष पुरषोत्तम खनाल को प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो। जेसीज सप्ताह कार्यक्रम का बारेमा मूल संयोजक जेसी जिबा भुसाल ज्यु ले जानकारी गराउनु भएको थियो।
कार्यक्रम मा धेरैले कबिता नै बाचन गर्नु भएको थियो।कार्यक्रम मा प्रमुख् अतिथि लगायत दाङ महिला जेसीज का पूर्ब अध्यक्ष जेसी निरजा पोख्रेल र जेसी सुसीला पौडेल, लमही जेसीज का निबर्तमान अध्यक्ष जेसी खेमराज घिमिरे ले मन्तब्य राख्नु भएको थियो। कार्यक्रम मा लेखकसंघ दाङ का कोषाध्यक्ष सन्ध्या रेग्मी,त्रिभवुवननगर जेसीज का पूर्ब अध्यक्ष जेसी दीपक शर्मा , मीना लम्साल, बाल बिकाश मा. बी का बिद्यार्थी अनमोल परियार, दाङ महिला जेसीज का सदस्य जेसी बसन्ता भण्डारी,गणतंत्र दैनिक का कार्य कारी संपादक नबीन अभिलासि ज्यु ले कबिता बाचन गर्नु भएको थियो। दाङ महिला जेसीज का पूर्ब अध्यक्ष जेसी सुसीला पौडेल ज्यु ले भजन गाएर सबैलाई नचाउनु भएको थियो।
          धन्यवाद मन्तब्य उपाध्यक्ष जेसी बसन्ती सुबेदी ले गर्नु भएको थियो। कार्यक्रम को सहजिकरण महासचिव जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI News Archive