अागलागि पिडितलाई चारअाली जेसीजद्वारा सहयाेग

2022-03-10

आगलागी पीडित मेचीनगर १२ धाइजन निवासी कालिदास राजबंशीलाई चारआली जेसीजले खाद्यन्न सहयोग गरेको छ । केही दिन अघि आगलागी भएका राजवंशीको परिवारलाई जेसीजले घरैमा पुगेर अत्यावश्यक सामाग्रीहरु प्रदान गरेको हो ।

शाखाका अध्यक्ष विरु बेगाको नेतृत्वमा गएको टोलीमा मेचीनगर १२ का वडा अध्यक्ष नगेन्द्र धिमाल, पूर्व अध्यक्षहरु धनबहादुर तामाङ, तिर्थ घिमिरे, दिपेन्द्र निरौला, उत्तम प्रसाद पकुवाल, कानुनी सल्लाहकार संगित सिवाकोटीलगायत बोर्डका पदाधिकारीको सहभागिता रहेको थियो । नेत्र मिश्रले संयोजन गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

JCI News Archive