युवाको क्षमता विकासमा निरन्तर क्रियाशिल बुधबारे जेसीज

2024-03-10

मितिः२०८०/११/२६ गते शनिबार ( 9th March 2024)

बुधबारे जेसीजले युवाहरुको व्यक्तिव तथा नेतृत्व विकास गर्नका लागि एक दिवसीय समय व्यवस्थापन (Time Management) तथा सामाजिक संजालको (Do's and Don'ts of Social Media) सही प्रयोग सम्बन्धी तालिम संचालन गरेको छ ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा JCI Nepal Trainer जेसि योगेश राजवंशीको सहजीकरणमा तालिम सम्पन्न भएको थियो। बुधबारे चोक स्थित फोकस पोइन्ट कन्सल्टेन्सीको तालिम कक्षमा संचालन गरिएको कार्यक्रम बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि दुुर्योधन सिंह राजपुतको अध्यक्षता, जेसि विनोद रिजालको संयोजकत्व, बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसि अनिल वाग्लेको प्रमुख आतिथ्यता त्यस्तै फोकस पोइन्ट कन्सल्टेन्सीका सल्लाहाकार लोकेश बस्नेतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    

  शनिबार सम्पन्न तालिममा बुधबारे जेसीजका सदस्य, सीतारमेश बहुमुखी क्याम्पसका विद्यार्थी र चन्द्रसूर्य युवा क्लबका प्रतिनिधी गरी ३५ जना युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन महासचिव जेसि गजुहाङ योङहाङले गरेका थिए भने आस्थापाठ उपाध्यक्ष जेसि मुकुन्द पौडेलले गरेका थिए ।


JCI News Archive