तरहरा जेसिजले एकै दिन पाचवटा कार्यक्रम सप्पन्न

2019-03-10

चाहियो भने कुनै पनि कुरा असम्भव हुदैन। यहि कुरालाइ तरहरा जेसिजले प्रमाणिात गरेको छ। तरहरा जेसिज को अध्यक्ष जेसि बिकास गिरीको अध्यक्षतामा एकैदिन पाचवटा कार्यक्रम सफलता पुर्वक सप्पन्न गरि समाजमा नया छाप छोड्नु सफल भएको छ। मिती थियोे २०७५/११/२५ शनिबारको दिन। बिहान ८ बजे बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सप्पन्न गरिएको थियो भने १० बजे तेह्र स्मृति आधारभुत बिधालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सप्पन्न गरिएको थियो । त्यस पश्चात्  ११:३० देखी २:०० बजे सम्म सकारात्मक सोच तालिम सप्पन्न गरि तरहरा जेसिजको प्रथम साधारणसभा सप्पन्न गरिएको थियो। र अन्त्यमा जेसिजहरु बिच आत्मियता अभिबृद्धीको लागि पिकनिक कार्यक्रमको आयोजना गरिएको थियो। यो सबै कार्यक्रमको सम्योजन तरहरा जेसिजको कार्यकारिणी उपाध्यक्ष जेसि मिलन गुरुङले गर्नु भएको थियो भने शैक्षिक सामाग्री स्थानीय समाजसेवी पोषराज नेपाल तरहरा जेसिजको सदस्य बिकास बन र आफ्नो जन्मदिनको उपलक्ष्यमा फुर्साङ तामाङले पनि सहयोग गर्नु भएको थियोे 

JCI News Archive