देवघाटधाम जेसीज द्वारा निशुल्क अाँखा तथा दन्त परीक्षण शिविर सम्पन्न

2024-05-04

देवघाटधाम जेसीजद्वारा नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर,१ सय ५७ जनाले लिए सेवा


देवघाट बैशाख २२ 

देवघाटधाम जेसीजद्वारा नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ । देवघाट-४ सिन्च्याङ  स्वास्थ्य चौकीमा आज शनिबार भएको सो शिविरमा १ सय ५७ जनाले सेवा लिएको देवघाटधाम जेसीजका वर्ष-२०२४ का उपाध्यक्ष एवं कार्यक्रम संयोजक जेसी स्वस्तिका धितालले बताए । जस अन्तर्गत ६५ जनाले दन्त सम्बन्धित परिक्षण र ९२ जनाले आँखा सम्बन्धित परिक्षण गरिएको थियोे । शिविरमा प्राविधिक रूपमा सहयोग स्माइल सिटी डेन्टल कियरबाट डा.रोशन आचार्य र भरतपुर आँखा हस्पिटलका डा.सुवास सापकोटा लगाएतको टिमले सहयोग गरेका थिए । 


सो कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष एवं देवघाटधाम जेसीजका मानार्थ सदस्य भुवन सिं गुरूङको प्रमुख अतिथ्य तथा देवघाट-४ अध्यक्ष मित्रलाल गुरूङको विशिष्ट अतिथ्य र सिन्च्याङ स्वास्थ्य चौकीका अ.हे.व. टेक बहादुर गुरूङ,देवघाट युवा तथा खेलकुद समितिका योगेन्द्र गुरूङ,समाजसेवी प्रेम बहादुर गुरूङ,देवघाट सामुदायिक प्रहरीका अध्यक्ष होम बहादुर भारती,जनज्योति आधारभूत विद्यालयका अध्यक्ष नर बहादुर गुरूङ लगाएतको उपस्थिति रहेको थियोे भने कार्यक्रममा देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा र देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष जेसी बिष्णुहरी सापकोटाले मन्तव्य सहित देवघाटधाम जेसीजको विषयमा प्रस्ट पारेका थिए । 


देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लको अध्यक्षता भएको सो कार्यक्रम देवघाटधाम जेसीजका उपाध्यक्ष जेसी रक्षा कार्कीले सञ्चालन गरेका थिए ।

JCI News Archive