Assign National VP Chapter Visit Programme

2024-05-10

यहि मिति २०८१ वैशाख १४, शुक्रवार (२०२४ अप्रिल २६) गतेका दिन यस दमक जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि घनश्याम चौधरीको शाखा भ्रमण कार्यक्रम सम्पन्न भएको छ । दमक जेसिजका अध्यक्ष जेसि रामचन्द्र अधिकारी ज्यूको अध्यक्षतामा आयोजना भएको यस कार्यक्रममा प्रमुख अतिथि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि घनश्याम चौधरी ज्यू रहनु भएको थियो भने अतिथि ज्यूहरुमा दमक जेसिज बोर्ड अफ ट्रस्टीका अध्यक्ष जेसि गज्जबहादुर दहाल ज्यू, दमक जेसिज सन् २०२० का अध्यक्ष जेसि कमल कटुवाल ज्यू र जेसिआई सिनेटर मैना दहाल ज्यू रहनु भएको थियो ।

यस कार्यक्रमको सञ्चालन दमक जेसिजका वर्तमान महासचिव जेसि सहदेव भट्टराई ज्यूले गर्नुभएको थियो । कार्यक्रममा दमक जेसिजले हाल सम्म सम्पन्न गरेका कार्यक्रम, तालिम, मल्टि च्याप्टर सहभागिता र सहभागी जनाएका राष्ट्रिय स्तरका कार्यक्रमको प्रतिवेदन दमक जेसिजका अध्यक्षले निरुपित राष्ट्रिय उपाध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रमा दमक जेसिजले मार्च महिनामा प्राप्त गरेको सफलताको प्रससा निरुपित राष्ट्रिय उपाध्यक्षले गर्नु भएको थियो। निरुपित राष्ट्रिय उपाध्यक्षले आफ्ना अभिव्यक्ती राखि सकेपछि आवश्यक प्रश्न राख्नको लागि अध्यक्ष ज्यूबाट सन्देश भए बमोजिम दमक जेसिजका वर्तमान कोषाध्यक्ष जेसि रुवल अधिकारीले नेपाल जेसिजमा देखिएका समस्यको जिज्ञासा राख्नुभएको थियो र दमक जेसिजका वर्तमान सचिव जेसि सन्दिप न्यौपानेले नेपाल जेसिजको तर्फबाट रु एक लाख निर्माणधिन दमक जेसिज भवनमा सहयोको विषयलाई यथा सिग्र समन्वयन गर्न निरुपित राष्ट्रिय उपाध्यक्षलाई जानकारी गराउनु भएको थियो । दमक जेसिजको बर्तमान बोर्ड, सदस्य ज्यूहरु लगायत करिब २८ जना महानुभावको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

मित्ति २०८१ वैशाख १४, शुक्रवार (२०२४ अप्रिल २६। गते समय साझाको ठिक ५ बजे (Program Starting Time) स्थान दमक जेसिज सचिवालय, दमक म



सहभागि संख्या २८ जना




 

 


•              Sign and Stamp of LOM:                                                                                                                 


 JC Sahadev Bhattarai

   (Secretary General, JCI Damak2024)

 

 

JCI News Archive