वालिङ जेसीजमा निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी अमर घिमिरेकाे शाखा शाखा भ्रमण , नगरमा भेटघाट छलफल र विश्व रेडक्रस दिवस

2024-05-08

 वैशाख २६, वालिङ ।

१) नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष, वालिङ जेसीज निरूपित जेसी अमर घिमिरे ज्यूकाे वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण सँग भेटघाट साथै जेसीज र नगरपालिकाबिच हुन हुन सक्ने समन्वय / सहकार्य बारेमा छलफल ।


२) "नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष ,वालिङ जेसीज निरूपित जेसी अमर घिमिरे ज्यूकाे वालिङ जेसीजमा शाखा भ्रमण "

परिचयात्मक कार्यक्रमका साथ निरूपित राष्ट्रिय उपाध्यक्ष ज्यूले वालिङ जेसीजकाे गरिमालाई शसक्त अगाडि बढाउनु भएकोमा वर्ष २०२४ का अध्यक्ष जेसी यज्ञ पुरूष रिजालको टिमलाई धन्यवाद व्यक्त गर्नुभएको थियोे भने संस्थापक अध्यक्ष जेसी लक्ष्मीप्रसाद रेग्मी ज्यूले तालिमका माध्यमबाट वालिङ जेसीज अझ शसक्त बन्दै जानेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

निवर्तमान अध्यक्ष जेसी मणिप्रसाद अर्यालले वालिङ जेसीजकाे गतिविधि बारे प्रकाश पार्नुभएकाे थियो ।

वालिङ जेसीजका अध्यक्ष जेसी यज्ञ पुरूष रिजाल ज्यूकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मायाको चिनाे आदानप्रदान गरिएको थियो भने वालिङ जेसीजकाे गतिविधि समेटिएको प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा बाेर्ड पदाधिकारी र नयाँ सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमकाे सञ्चालन महासचिव जेसी विदुर काेइरालाले गर्नुभएको थियो ।

३) विश्व रेडक्रस दिवसको अवसर पारेर पूर्णामृत भवानी मावि वालिङ १० मा वालिङ जेसीजकाे समन्वयमा फूलबारी  जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ। शिक्षक नायक जेसी यज्ञ पुरूष रिजालकाे संयाेजनमा गरिएको कार्यक्रममा भेलाले कक्षा १० का छात्रा ज्याेति सुवेदीकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे। कार्यक्रममा बाेल्दै विद्यालयका सहायक प्रअ एवं जेसीजका पूर्व अध्यक्ष   दिपक लम्साल ज्यूले रेडक्रसका सात सिद्धान्त सहित विश्व रेडक्रस हुँदै नेपाल रेडक्रस साेसाइटीकाे इतिहास बारेमा प्रकाश पार्नुभएकाे थियो भने शिक्षक गाेपालधन सुवेदीले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो । शिक्षक हरूकाे तर्फबाट उक्त कार्यसमितिमा शिक्षक नायक यज्ञ पुरूष रिजाल र सहनायक संगिता भण्डारी गैह्रे रहनुभएकाे छ भने सदस्यमा विद्यालय स्वास्थ्य नर्स प्रविना सुवेदी र  संरक्षकमा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्याल हुनुहुन्छ ।


JCI News Archive