Calendar Release Program 2081

2024-05-10

यहि मिति २०८१ वैशाख १४, शुक्रवार (२०२४ अप्रिल २६) गते  दमक जेसिजले २०८१ साल को क्यालेन्डर बिमोचन कार्यक्रम नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि घनश्याम चौधरीको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको छ । दमक जेसिजका अध्यक्ष जेसि रामचन्द्र अधिकारी ज्यूको अध्यक्षतामा आयोजना भएको यस कार्यक्रममा प्रमुख अतिथि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि घनश्याम चौधरी ज्यू रहनु भएको थियो भने अतिथि ज्यूहरुमा दमक जेसिज बोर्ड अफ ट्रस्टीका अध्यक्ष जेसि गज्जबहादुर दहाल ज्यू, दमक जेसिज सन् २०२० का अध्यक्ष जेसि कमल कटुवाल ज्यू र जेसिआई सिनेटर मैना दहाल ज्यू रहनु भएको थियो ।

यस कार्यक्रमको सञ्चाल दमक जेसिजका वर्तमान महासचिव जेसि सहदेव भट्टराई ज्यूले गर्नुभएको थियो र क्यालेन्डर प्रकाशन समितीका सम्योजक  जेसि राहुल शाह ले बिज्ञापन दाताहरु लाई धन्यवाद दिनु भएको थियो, कार्यक्रममा जेसिजको बर्तमान बोर्ड, सदस्य ज्यूहरु लगायत करिब ३० जना महानुभावको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

जेसि राहुल शाह                   

कार्यक्रम संयोजक                   

शाखा सम्पादक                      

दमक जेसिज २०२४

  
Sign and Stamp of LOM:       
                                                                               
   JC Sahadev Bhattarai

 (Secretary General, JCI Damak2024)

JCI News Archive