मिति २०८२ साल माघ महिनाको १६ गते इनरुवा जेसिज परिवारले राष्ट्रको स्वतन्त्रता, लोकतन्त्र तथा सामाजिक न्यायका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने
सम्पूर्ण वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। शहीद दिवसको
अवसरमा जारी गरिएको सन्देशमा शहीदहरूको त्याग र बलिदानले युवाहरूलाई जिम्मेवार
नेतृत्व, सक्रिय नागरिकता र सकारात्मक सामाजिक परिवर्तनतर्फ
अग्रसर गराइरहने विश्वास व्यक्त गरिएको छ।
इनरुवा जेसिजका कार्यकारणी उपाध्यक्ष जेसी क्षितिज
पोखरेलले शहीदहरूले देखाएको सपना साकार पार्ने दृढ संकल्पका साथ शहीद दिवसको
हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले शहीदहरूको योगदान राष्ट्र
निर्माणको आधारस्तम्भ रहेको उल्लेख गर्दै युवा पुस्ताले त्यसबाट निरन्तर प्रेरणा
लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
शहीद दिवसको कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई
सभ्य, प्रभावकारी र सफल बनाउन योगदान पुर्याउनुहुने
वरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसी सचिन कुमार यादव, कोषाध्यक्ष जेसी राहुल शाह, उपाध्यक्ष जेसी अभिषेक
खेरवार, जनसम्पर्क अधिकारी जेसी रबिन मेहता तथा स्वास्थ्य
संयोजक जेसी रोहित यादवप्रति अन्तस्करणदेखि नै विशेष आभार, कृतज्ञता तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
इनरुवा जेसिजले आगामी दिनहरूमा पनि शहीदहरूको आदर्शलाई आत्मसात् गर्दै नेतृत्व विकास, नागरिक चेतना र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो।