सहिदहरुको सम्झनामा शारदानगर जेसीजले गर्यो दीप प्रज्वलन

2026-01-31

१६ माघ,भरतपुर ।

शारदानगर जेसिजकाे आयोजनामा सहिद भुमि चितवनको भरतपुरस्थित वखानपुर शारदानगर टाउनमा दिप प्रज्वलन गरिएको छ ।

शुक्रबार सहिद दिवसका दिन वर्ष २०२६ शाखा अध्यक्ष जेसि रमेश घिमिरेकाे सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा वर्ष २००७ का शाखा अध्यक्ष तथा वर्ष २००८ का राष्ट्रिय उपाध्यक्ष जेसि हरिराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।

देशको परिवर्तनका लागि विभिन्न समयमा बलिदान गर्ने सम्पूर्ण सहिदहरुको सम्झनामा मैनबत्ती बालिएको शाखा अध्यक्ष जेसी रमेश घिमिरेले बताए । सहिदहरुले देखेको सपना पूरा गर्न सम्पूर्ण युवाहरु लाग्नुपर्नेमा घिमिरेले  जोड दिए ।

कार्यक्रममा पुर्व अध्यक्ष जेसि गुन्जमान विक, जेसि भुवन सापकाेटा, शारदानगर टाउन वजार व्यावस्थापन समितिका सचिव ठाकुर ढकाल, शिक्षक रवि पाैडेल, उदय विक लगायतको उपस्थिति रहेको थियो ।संस्थाका पदाधिकारीहरूकाे उपस्थितिमा सम्पन्न कार्यक्रम महासचिव जेसि दिपेेेश आचार्यले सहजिकरण गरे ।

JCI News Archive