दोस्रो बोर्ड बैठक ।

2022-04-06

मिति २०७८ माघ २९ गते शनिबार तद्अनुसार फबु्रअरी १२, २०२२ का दिन लेखनाथ जेसीज वर्ष २०२२ को दोस्रो कार्यसमितिको बैठक पोखरा–२९ तालचोक , देउरालिस्वारा स्थित लेखनाथ जेसीजको सचिवालयको सभाहलमा लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्यूको अध्यक्षतामा लेखनाथ जेसीज वर्ष २०२२ का पदाधिकारीज्यूहरुको उपस्थितीमा सम्पन्न भएको छ । उक्त दोस्रो बोर्ड बैठकमा लेखनाथ जेसीज बर्ष २०२२ को प्रथम कार्यसमिति बैठकको माइन्युट अनुमोदन गरियो। अभिमुखिकरण कार्यक्रम तथा शाखा पदाधिकारी तालीम कार्यक्रमको संयोजक जेसी सुजन तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई पारीत गरीएको थियो ।बृद्धी सभापतिको बार्षिक कार्ययोजना लेखनाथ जेसीज बर्ष २०२२ मा बृद्धी सभापति जेसी सर्बेन्द्र न्यौपानेले प्रस्तृत गनुभएको कार्ययोजना अनुमोदन गरियो । साथै लेखनाथ जेसीजको २४ औं बार्षिकोत्सव सफलता पूर्व सम्पन्न गर्ने गरी कार्यक्रमको संयोजक उपाध्यक्ष जेसी प्रबलमणी भण्डारीलाई नियुक्ती गरीयो ।

JCI News Archive