कपिलबस्तु जेसीजले युवा क्लबहरुको सस्थागत क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ । २०७९ चैत्र २३ गते तालिमको आयोजना गरिएको हो । कपिलबस्तु जेसीजका अध्यक्ष जेसी अमृत घिमिरे तथा सिद्धार्थ सामाजिक बिकास केन्द्रका पोमनारायण पौडेलले तालिममा सहजीकरण गरेका थिए । कपिलबस्तु जेसीजले यस वर्ष समुदायमा जेसीज भन्ने नाराका साथ बिभिन्न संघ सस्थासँग साझेदारीमा विभिन्न तालिमको आयोजना गर्ने लक्ष्य लिएको कपिलबस्तु जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ,सोही लक्ष्यअनुसार सिद्धार्थ सामाजिक विकास केन्द्रसंगको साझेदारीमा यो तालिमको आयोजना गरिएको हो ।
संघ सस्थाहरुमा विभिन्न पदका व्यक्तिहरुको जिम्मेवारी तथा सदस्यहरूले समाजमा पार्न सक्ने बिभिन्न प्रभावहरुको बारेमा तालिमको बिचमा समुह बनाइँ छलफल तथा कार्ययोजनाहरु पेश गर्ने कार्यहरुले गर्दा तालिम निकै फलदायी भएको सुद्धोधन युवा संजालकी सदस्य सेश्मति मल्लाहले बताए ।
जेसी रामरेखा बरुणको संयोजकत्वमा भएको तालिममा सक्रिय सहभागिता जनाएका रोशन दुबेले तालिमबाट आँफूहरूले सस्थागत क्षमता विकास संगै स्थानिय योजनाहरुमा आफ्नो युवा क्लबले ससक्त ढङ्गले प्रस्तुत भई कार्यक्रम गर्ने बताएका थिए ।