बर्दघाट जेसीज को आयोजनामा एक दिने निशुल्क नेपालको कर प्रशासन ऐन तथा दोहोरो लेखा प्रणाली विषयक तालिम सम्पन्न भएको छ ।
प्रशिक्षणमा नेपाल जेसीजका प्रशिक्षक सिनेटर संजीव रेग्मिले सहजिकरण गर्नुभएको थियो ।
तालिममा नेपालमा बर्तमान प्रचलित करको दर र दोहोरो लेखा प्रणालीको बारेमा प्रशिक्षण दिईएको थियो । करीव ५० जना सहभागी रहेको तालिममा बर्दघाट नगरपालिका भित्रका उद्योगी ब्यबसायी र सहकारीका कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक रिमेश पाण्डेले जानकारी दिनुभयो ।
तालीमको समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक सिनेटर संजीव रेग्मिले नेपालमा करको बिषयमा चर्चा हुने गरेता पनि त्यति साह्रो अप्ठ्यारो नभएको बताउनु भयो । व्यवसायिहरुले हिसाब किताव दोहोरो लेखा प्रणालीमा नराख्दा हिसाब दुरुस्त नहुने र चर्को जरीवाना समेत तिर्नु पर्ने हुँदा दोहोरो लेखा प्रणालिमा हिसाब राखी आफ्नो हिसाब समेत सजिलो गरि हेर्न र जरिवानाबाट समेत तिर्नु नपर्ने कुरा बताउनु भयो ।
तालिममा सहभागीको तर्फबाट मन्तब्य राख्ने बक्ताहरुले यस्तो करसम्बन्धी बिषयमा तालिम आयोजना गरेकोमा बर्दघाट जेसिसलाई धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी एरिया डी का ट्रेनिङ कमिस्नर वीर सिंह महराले बर्दघाट जेसीजले स्थापना कालको छोटो अवधीमा राष्ट्रिय स्तरमै बलियो छाप बसाल्न सफल भएको बताउनुभएको थियो । उहाँले बर्दघाटले गर्दै आईरहेका कार्यहरु समाजमा प्रभाव पार्ने खालका भएका भन्दै युवाहरुको नेतृत्व र क्षमता विकासमा पनि अग्रणी भुमिका खेलेको बताउनुभएको थियो ।
कार्यक्रममा बर्दघाट जेसिजको संस्थापक अध्यक्ष राजु न्यौपाने लगायतले मन्तब्य रहेको थियो ।
बर्दघाट जेसीजका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष गणेश न्यौपानेको स्वागत र महासचिव सिसम पाण्डेको सञ्चालनमा भएको थियो ।