लागु औषध दुर्ब्यसनी सचेतना कार्यक्रम

2025-07-05

लागू औषध दुर्व्यसनी सचेतना कार्यक्रम

आयोजक: JCI सिद्धार्थ, नेपाल

मिति: २०८२ असार २० गते

स्थान: श्री बेलहिया माध्यमिक विद्यालय, सिद्धार्थनगर-२, रूपन्देही

JCI सिद्धार्थ, नेपालको आयोजनामा श्री बेलहिया मा वि मा मिति २०८२ असार २० गते लागू औषध दुर्व्यसनी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा सभापतित्व JCI सिद्धार्थका अध्यक्ष JC अर्जुन कुँवरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा प्रोफेसर सुदर्शन प्रसाद नेपालको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजकको जिम्मेवारी JC शम्भु नेपालले निर्वाह गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन JCI सिद्धार्थका महासचिव JC आकाश पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सिनेटर देव राज न्यौपाने, JCI सिद्धार्थका बोर्ड पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, साधारण सदस्यहरू, शिक्षक, विद्यार्थी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।       

कार्यक्रममा प्रशिक्षकको रूपमा श्री अरुण थापाले लागू औषध दुर्व्यसनका कारण, प्रभाव, तथा रोकथामका उपायबारे जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। उहाँले विशेष गरी युवाहरूमाझ फैलँदो दुर्व्यसन समस्याबारे गहिरो जानकारी दिँदै सचेत बनाउनु भएको थियो।

कुल सहभागिता: ७५ जना (विद्यार्थी, शिक्षक, जेसिज सदस्य, अतिथि लगायत)

कार्यक्रमले सहभागीहरूमा लागू औषध दुर्व्यसनबारे चेतना अभिवृद्धि गराउनुका साथै भविष्यमा जिम्मेवार नागरिक बन्ने प्रेरणा दिएको विश्वास गरिएको छ।जय जेसीज


JCI News Archive