ज्यालादारी मजदुर एबम बिपन्न परिवारका निम्ति बेलबारी नगरपालिका मार्फत खाद्यान्य हस्तान्तरणकार्यक्रम

2020-12-09

ज्यालादारी मजदुर एबम बिपन्न परिवारका निम्ति बेलबारी नगरपालिका मार्फत खाद्यान्य हस्तान्तरणकार्यक्रम         आज मिति २०७६ साल चैत्र(२१ गते शुक्रबारका दिन बेलबारी जेसिजले बेलबारी नगरपालिकाको राहत कोषमा ५३ बोरा चामल हस्तान्तरण गरेको छ । आज बेलबारी नगरपालिकाका नगर प्रमुख मार्फत उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो। विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ९कोरोना भाइरस० का लागि बेलबारी नगरपालिकाले गरीरहेको कार्य प्रति ऐक्याबद्धता जनाउँदै बेलबारी जेसीजलेरु पहिलो चरणमा ५०,३५०र(हजार बराबरको ५३ बोरा चामल बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी मार्फत गरिब तथा बिपन्न घर परिवारहरुको लागि नगरपालिकाको राहत कोषमा हस्तान्तरण गरिएको छ ।हस्तान्तरण कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी,वडा न।३ का वडा अध्यक्ष तथा बेलबारी नगरपालिकाका नगर प्रबक्ता योगेन्द्र प्रसाद सुवेदी,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाह लगायत पत्रकारहरु,जेसिजका पधादिकारीहरु लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले राहत सामग्री नगरप्रमुखलाई हस्तान्तरण गर्दै समापन भएको थियो।
 




JCI News Archive