पाचौं तालिम मेमोरी पावर इम्पुप्रमेन्ट तालिम

2020-12-09

पाचौं तालिम
मेमोरी पावर इम्पुप्रमेन्ट तालिम
कार्यक्रमको उदेश्यः जेसीज व्यक्तित्व र नेतृत्व निर्माण तथा संरक्षण गर्ने अभियान भएकाले विशेषत जेसीज उमेर समूह १८ वषेदेखि ४० वर्षसम्मका युवाहरु केन्द्रित उनिहरुको व्यक्तित्व विकासलाई आधार बनाई स्मरण शक्ति वद्धि सम्बन्धि आवश्यक स्मरण विधिहरु ीसकाउनु ।
आवश्यकताः जेसीजको मुल मर्म र भावना अनुरुप निश्चित उमेर समूहका व्यक्तिहरुलाई एकिकृत गरि तालिम सञ्चालन गर्दा जेसीज प्रतिको माया र जेसीजमा सम्भावित युवाहरुलाई आकर्षण गर्नुका साथै उनिहरुले सिकेका कुराहरुलाई फरक ढङ्गहरुले स्मरण गर्नुपर्ने ।
मितिः २०७६ माघ १४ गते मंगलबार
स्थानः कसेनी माध्यमिक विद्यालय, बेलबारी–४
समयः विहान ११ बजेदेखि
प्रमुख अतिथिः बेलबारी न.पा. वडा नं. ४ का वडाध्यक्ष राम कुमार राई
सहजकर्ताः भुपेन्द्र अधिकारी
कार्यक्रमको संक्षिप्त विवरणः
मनुष्यको बन्धुत्व भावना, राष्ट्रहरको प्रभुसत्तादेखि सर्वोपरि छ भन्ने जेसीजको मूल मर्मलाई सार्थक तुल्याउन बेलबारी जेसीजले तालिम सप्ताह अन्तर्गतको पाचौं कार्यक्रम बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजेश खत्रीको सभापतित्वमा २०७६ माघ १४ गते मंगलबारका दिन कसेनी मा.वि., बेलबारी–४को सभाहलमा विहान ११ः०० बजेदेखि बेलबारी न.पा. वडा नं. ४ का वडाध्यक्ष राम कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
    पहिलो खण्डको औपचारिक कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख, रेडीयो बेतनाका अध्यक्ष, मातृशाखा इन्द्रपुरका अध्यक्ष, बेतना राष्ट्रिय दैनिकका संम्पादक, बेलबारी कार्यपालिकाको सदस्य सुनिता सिवा, यलम्बर ई. स्कुलका प्रिन्सिपल प्रकाश भट्टराई लगायत अन्य संघसंस्थाका अध्यक्ष एवम् २५० जना भन्दा वढी विद्यार्थीहरुकोको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संयोजक बेलबारी जेसीज वर्ष २०२० का उपाध्यक्ष जेसी सन्तोष भट्टराई, कार्यक्रम सञ्चालक महासचिव रहनुभएको थियो भने मुल कार्यक्रम संयोजक बेलबारी जेसीज वर्ष २०२० का का. उपाध्यक्ष जेसी ऐश्वर्य प्रसाद आचार्य (विपिन) रहनुभएको थियो । अत्यन्त सौहार्दपूर्ण वातावरण भएको कार्यक्रममा उल्लेखित सहजकर्ताहरुले कार्यक्रम अनुरुप तालिम प्रदान गर्नुभएको थियो । युवायुवतीलाई राष्ट्रको विकासका निम्ति अग्रसर हुन अभिप्रेरित गर्दै देशका निम्ति उनिहरुको आवश्यकता र क्षमताको महत्वबारे जानकारी गराईएको थियो ।
    नेपाल राष्ट्र जेसीजको समेत मुल मर्मलाई आत्मसाथ गर्दै नेतृत्व तथा व्यक्तित्व विकास गर्दै राष्ट्रको एक खम्बाका रुपमा विद्यार्थीहरुलाई सक्षम बनाउनु यस कार्यक्रमको उदेश्य रहेको थियो ।
त्यसपछि सहजकर्ताहरुले आफ्नो भनाई राखिसकेपछि कार्यक्रम समापन भएको थियो ।
 

JCI News Archive