कपिलबस्तु जेसिज को पहलमा अक्सिजन बैक सन्चालनमा

2021-05-28

कपिलबस्तु जेसिज को पहलमा कपिलवस्तु जिल्ला मै पहिलो पटक सामुदायिक स्तरमा अक्सिजन बैक सन्चालनमा आएको छ । कपिलबस्तु जेसिज लगायत बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक सस्थाहरुकोको पहलमा बाणगंगा मा अक्सिजन बैंक सन्चालनमा आएको छ । कपिलवस्तु जेसिज , लायन्स क्लब अफ कपिलवस्तु ,लायन्स क्लब अफ बाणगंगा लगायतको पहलमा अक्सिजन बैंक सञ्चालनमा आएको हो । बाणगंगा नगरपालिका भित्र कोभिड १९ तथा अन्य सङ्क्रमण एबम जोखिमयुक्त प्रकोप मा सङ्क्रमितहरुको अक्सिजन अभाब मा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्य ले अक्सिजन बैंक सन्चालन मा ल्याइयको हो । उक्त अक्सिजन बैंक संचालन गर्न जिल्ला का विभिन्न संघ सस्था तथा स्वयंसेबिहरुले आर्थिक भौतिक सहयोग गरिरहेको र जोडिने क्रम जारी रहेको र अभियान सहज रुपमा सन्चालन भैरहेको छ । त्यसैगरी यस क्षेत्रका समस्त उद्योगि ब्याबसायिहरुले अभियान लाई सार्थक बनाउन अपेक्षित सहयोग गरिरहेको र बर्तमान समयमा आबस्यक सहयोगको लागि सम्पुर्ण ब्याबसायी लाई अपिल समेत गरिएको छ । अभियान सम्पन्न भएसंगै सामाजिक लेखाको आधारमा हर हिसाब पारदर्शी रुपमा सार्बजनिक गरिने छ, अभियान  २०७८/०१/२१ देखि सुरु भइ निरन्तर चलिरहेको छ .

संयोजन / संचालन :जेसी प्रविन पौडेल , जेसी मनोज कुमार खत्री,जेसी बाबुराम अर्याल

अध्यक्षता :जेसी भिमकान्त भट्टराई


JCI News Archive